कम्प्युटरको प्रकार ( Types of computer)
पहिलो दुई articles मा हामी कम्प्युटर भनेको के हो र यसको पुस्ताहरुको बारेमा जानेका थियौ र यसका साथसाथै हामीले कम्प्युटरको इतिहास र नेपालमा कम्प्युटरको इतिहास र विकास बारे पनि जानेका थियौ । तसर्थ यस article मा हामी कम्प्युटरको प्रकार बारे जान्ने छौ ।
कम्प्युटरलाई मुख्य रूपमा तीन भागमा विभाजन गरिएको छ। जुन निम्न प्रकार रहेका छन् ।
1.कार्यप्रणालीको आधारमा ( based on mechanism)
2.आकारको आधारमा ( based on size)
3.उदेश्यको आधारमा ( based on purpose).
यस article मा हामी कम्प्युटर कति प्रकारको हुन्छ ति सबैको बारेमा विस्तृत रूपमा विवरण गर्ने छौ । जसको लागि तपाईंहरुले यो पुरै article पढ्नु पर्ने हुन्छ।
1.कार्यप्रणालीको आधारमा (based on mechanism) :- कम्प्युटरलाई त्यसको काम गर्ने वा कार्यप्रणालीको आधारमा तिन भागमा विभाजन गरिएको छ,ति यसप्रकारका छन् ।
A.एनालग कम्प्युटर ( analog computer )
B.डिजिटल कम्प्युटर ( digital computer )
C.हाईब्रिड कम्प्युटर ( hybrid computer )
A.एनालग कम्प्युटर analog computer in nepali
analog computer एउटा यस्तो कम्प्युटर हो जसले भौतिक मात्राहरुलाई मापने काम गर्दछ । जस्तै:- दबाव, तापक्रम, लम्बाई, उचाई आदि । एनालग कम्प्युटरले मापिएको भौतिक मात्राहरुलाई अंकमा परिवर्तन गर्ने गर्दछ। जस्तै :- थर्मामिटर एनालग कम्प्युटर मुख्य रुपमा विज्ञान प्रविधि र ईन्जिनियरिङ् क्षेत्रमा धेरै प्रयोग भएको हुन्छ किनकी यो क्षेत्रमा मात्राहरुको धेरै प्रयोग हुने गर्दछ। उदाहरणको रूपमा :- पेट्रोल पम्पमा एनालग कम्प्युटरको प्रयोग भएको हुन्छ जसले पेट्रोलको मात्रालाई लिटरमा परिवर्तन गरी त्यसको मुल्यलाई गणना गरि स्क्रिनमा देखाउछ। Example:- speedometer, voltmeter.
Digital computer in nepali
जस्तो कि यसको नाम बाट नै थाहा हुन्छ कि यसले अंक अर्थात् digit हरुको गणना गरि रिजल्ट दिन्छ । डिजिटल कम्प्युटर एउटा यस्तो कम्प्युटर हो जसले अंकहरूको गणना गर्छ । हाम्रो जिवनमा प्रयोग हुने प्रायः सबै कम्प्युटरहरु डिजिटल कम्प्युटर नै हुन। यस प्रकारको कम्प्युटरहरु ईलेकट्रोनिक्स संकेत electronics signal मा रन गर्ने गर्दछ। गणनाको लागि डिजिटल कम्प्युटरमा बाईनरि सिस्टम अर्थात् 0 र 1 को प्रयोग भएको हुन्छ जसको गति तिब्र रुपमा रहेको हुन्छ। Digital computer मा data or program store लाई 0 and 1 को रुपमा store गरिएको हुन्छ।
हाईब्रिड कम्प्युटर hybrid computer in nepali
यो कम्प्युटर एउटा यस्तो कम्प्युटर हो जसमा एनालग कम्प्युटर र डिजिटल कम्प्युटर दुवैको गुण हुन्छ र यसले दुवै कम्प्युटरको काम गर्ने गर्दछ। जस्तै:- पेट्रोल पम्पको मेसिन। यसमा गणना calculation को लागि digital रुपको प्रयोग गरिन्छ भने input र output को लागि analog computer को प्रयोग गरिन्छ छ । Example:- hospital ,
2.आकारको आधारमा ( based on size):- आकारको आधारमा कम्प्युटरलाई निम्न भागमा विभाजन गरिएको छ ति यसप्रकार छन्।
a.माईक्ररो कम्प्युटर ( micro computer)
b.मिनी कम्प्युटर ( mini computer)
c.मेनफ्रेम कम्प्युटर ( mainframe computer)
d.सुपर कम्प्युटर (super computer)
e.डेस्कटप कम्प्युटर ( desktop computer).
माईक्रो कम्प्युटर-micro computer in nepali
यो कम्प्युटरलाई माईक्रो कम्प्युटर भन्नुको दुईवटा कारण छ । पहिलो कारण यसप्रकारको कम्प्युटरमा micro processor को प्रयोग गरिएको हुन्छ र अर्को कारण यो कम्प्युटर अरु कम्प्युटरको तुलनामा सानो हुन्छ। जसलाई हामी सजिलै सँग एक ठाउँबाट अर्को ठाउँमा ओसार पोसार गर्न सकिन्छ। यो कम्प्युटर आकारमा सानो भएपनि लगभग हरेक किसिमका कार्य गर्न सकिन्छ। Micro computer माथि एउटा व्यक्ति मात्र काम गर्न सक्छ।
मिनी कम्प्युटर mini computer in nepali
यसप्रकारको कम्प्युटरमा micro computer भन्दा अलि बढी गति speed र memory भएको हुन्छ। Micro computer को तुलनामा यो अलि महँगो हुन्छ र यसमा एक भन्दा बढी cpu ( central processing unit) को प्रयोग पनि गर्न सकिन्छ।यसको प्रयोग धेरै जसो transportation अनि Banking industry मा गरिन्छ।
मेनफ्रेम कम्प्युटर mainframe computer in nepali
Mainframe computer mini computer भन्दा धेरै क्षमता र गति हुन्छ।यो आकारको तुलनामा ठुलो हुन्छ र धेरै डाटाहरु लाई तिब्र रुपमा processing गर्न सक्ने क्षमता हुन्छ त्यसैकारण यसप्रकारको कम्प्युटर ठुला ठुला company,bank सरकारी विभाग द्वारा प्रयोग गरिन्छ।
सुपर कम्प्युटर super computer in nepali
यसप्रकारको कम्प्युटरमा धेरै नै गति भएको हुन्छ र यसको काम गर्ने क्षमता पनि धेरै हुन्छ । यसमा प्रयोग भएको CPU धेरै नै क्षमतावान हुन्छ र एक भन्दा बढी CPU प्रयोग गर्न सकिन्छ र एकैसाथ धेरै व्यक्तिहरूले सन्चालन पनि गर्न सक्छ। सुपर कम्प्युटर महँगो र आकारमा धेरै ठूला हुन्छन्।
डेस्कटप कम्प्युटर desktop computer in nepali
यो एउटा यस्तो कम्प्युटर हो जसलाई सजिलै सँग एउटा टेबलमा सेट गरि प्रयोग गर्न सकिन्छ। जसमा CPU, monitor, keyboard र mouse हुन्छ। यसको मुल्य सस्तो हुन्छ तर एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न गाह्रो हुन्छ।
उदेश्यको आधारमा (based on purpose)
उदेश्यको आधारमा कम्प्युटरलाई निम्न दुई भागमा विभाजन गरिएको छ। जुन निम्न प्रकार रहेका छन्।
a.general purpose computer
b.special purpose computer
General purpose computer in nepali
General purpose computer यस्तो कम्प्युटर हो जसलाई सामान्य उद्देश्यको लागि तयार गरिएको हुन्छ। यसप्रकारको कम्प्युटरले विभिन्न प्रकारका काम गर्ने सक्ने क्षमताको हुन्छ र साथै यसमा भएको CPU को क्षमता र मुल्य पनि कम हुन्छ जसलाई हामीले आफ्नो आवश्यकता अनुसार घटाउन वा बढाउन पनि सक्छौ। विभिन्न कार्यालय तथा हाम्रो घरमा प्रयोग हुने कम्प्युटरहरु यसै प्रकारका कम्प्युटर हुन । जस्ले सामान्य कामहरू गर्छ। जस्तै :- पत्र लेखन , दस्तावेज तयार गर्ने,प्रिन्ट गर्न आदि।
Special purpose computer in nepali
Special purpose computer एउटा यस्तो कम्प्युटर हो जुन बिशेष कार्यको लागि तयार गरिएको हुन्छ। यसको काम गर्ने क्षमता र गति धेरै नै हुन्छ । यसमा प्रयोग भएको CPU and hard disk को क्षमता अधिक हुन्छ। यसमा प्रयोग हुने CPU यसले गर्ने कार्य अनुसारको प्रयोग गरिन्छ। यसको प्रयोग धेरै जसो scientific research, engineering, medical र space science,अन्तरिक्ष विज्ञानमा गरिन्छ।
Faq ( frequently asked questions)
१.कम्प्युटर कति प्रकारको हुन्छ ( what are the types of computer)?
कम्प्युटरलाई मुख्य रूपमा तीन भागमा विभाजन गरिएको छ।
१ कार्यको आधारमा
२ आकारको आधारमा
३ उदेश्यको आधारमा
२ कम्प्युटरको ७ वटा भागहरू के -के हुन ? ( What are the seven types of computer)?
1. Micro computer
2.mini computer
3.mainframe computer
4.desktop computer
5.personal computer
6.work stations computer
7.super computer.
३.उदेश्यको आधारमा कम्प्युटरलाई कति भागमा बाँडिएको छ (what are the types of computer on the basis of purpose)?
उदेश्यको आधारमा कम्प्युटरलाई दुई भागमा बाँडिएको छ।
. General purpose computer
. Special purpose computer
Conclusion
आजको यो article मा हामी तपाईंहरुलाई कम्प्युटरको प्रकार ( types of computer in nepali ) बारे जानकारी गराएका छौ । माथि उल्लेखित लेखबाट तपाईंलाई कम्प्युटरको प्रकार बारे जान्नु भएको होला भन्ने आशा गर्दैछु जुन एकदमै विस्तृत रूपमा उल्लेख गराईएको छ। तपाईंलाई यो article राम्रो लाग्यो भने साथीहरु सँग सेयर गर्नुहोला धन्यवाद।
0 Comments